
४ भाद्र २०७८, शुक्रवार
गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अधिकारीले सबैको सल्लाह र सुझावको आधारमा महासचिवमा उम्मेदवारी घोषणा गरिएको बताए ।
बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष समेत रहेका छन् ।
त्यस्तै एनआरएनएन नवौ महाधिवेशनमा कुनै गुट उपगुटमा नलगाीकन स्वतन्त्र रुपमा उम्मेदवार भएर अधिकारीले लोकप्रिय मत ल्याएर उपविजेता बनेका थिए ।
आइटी ब्यवसायी समेत रहेका अधिकारीको नेपालमा शिक्षा, स्वास्थ्य र हाइड्रो क्षेत्रमा लगानी छ ।
डेढ दशक लामो प्रवास बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी पत्रकारितासँगै सामाजिक अभियन्ता पनि हुन् । आफूले एनआरएनएमा देखिएको विकृति विसंगतीविरुद्ध लड्ने भन्दै त्यसको निम्ती महासविचमा अवसर दिन उनले आग्रह गरेका छन् ।