४ भाद्र २०७८, शुक्रवार

पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाइवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेतसहित ३ जना छन् । उनीहरुको साथबाट चन्दा उठाएको ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।

‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट उनीहरुले अवैध रुपमा चन्दा उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको   छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर