दिनेश खड्का खप्तडि/ क्लालालम्पुर

४ भाद्र २०७८, शुक्रवार

रोजगारीको लागि मलेसियामा रहेका काठेखोला पालिका २ भिमापोखरा बागलुङका नारायण पौडेलको खोजी गरिदिन परिवारले मलेसियामा रहेका सवैसंग अनुरोध गरेका छन ।
अवैधानिक अवस्थामा रहेर मलेसियाको एक सेक्युरिटि कम्पनीमा कार्यरत रहेका पौडेल गत अगष्ट १२ तारिख देखि सम्पर्क विहिन भएका    छन । ११ तारिख साझँ नेपालमा परिवार संग फोन गरेर आफु कोभिड पोजटिभ भएको र सन्चो भैसकेको समेत जानकारी गराएका थिए ।
रावाङको एक नेपाली रेष्टुरेष्टमा खाना खाने गरेको तर रेष्टुरेष्टमा खाना खान नगएपछि खोजी गर्दा उनी सम्पर्क विहिन भएका जानकारी आएको हो ।

पौडेल वैदेशिक रोजगारीमा पहिलो पटक इराक गएका थिए । त्यसपछि २०१२मा म्यानुफयाचरिग कम्पनीमा मलेसिया आएका थिए । पछिल्लो पटक चार वर्ष अगाडि देखि सेक्युरिटिमा गएका थिए । पछिल्लो समयमा भने उनी अवैधानिक अवस्थामा रहेर काम गरिरहेका थिए ।

परिवारले मलेसियामा रहेका सवैलाई खोजी गरिदिन अनुरोध गरेका छन । यदि कसैले देखेमा मलेसियामा  सन्तोष खड्का फोन न ०१२४४०७७२७ दिपक शर्मा फोन न ०११५१४८१३६२ वा नेपालमा चन्द्रमणि अधिकारी ९८५७६२३२८७,टिकाराम उपाध्याय ९८४७६३५०५९मा सम्पर्क वा नेपाली दुतावासमा खवर पुरयाईदिन गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर