४ भाद्र २०७८, शुक्रवार

विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’का लागि ६० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अर्थ मन्त्रालयमा बिहीबार आयोजित समारोहमा सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे।

उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन यो सहयोग पुग्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर