४ भाद्र २०७८, शुक्रवार

सहिद स्मारक बी डिभिजन लिग च्याम्पियन हुँदै सातदोबाटो युथ क्लबले २३ वर्ष पछि शीर्ष डिभिजनमा बढुवा भयो । बढुवा भएसँगै अहिले ए डिभिजन लिगको तयारी गरिरहेको छ । बी डिभिजन लिगको सुखद् अन्त्य गर्दै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लब अहिले लिग खेल्न आतुर छ ।

ए डिभिजनमा उक्लिएका सातदोबाटोको लक्ष्य शीर्ष तीन भित्र रहेर लिग सक्ने योजना रहेको क्लबका अध्यक्ष कपिल राना मगरले बताए । यसअघि बी डिभिजनमा दुई सिजन उपाधि नजिक पुगेर पनि वञ्चित भएको थियो ।

२०५७ मा स्थापना भएको सातदोबाटो सी डिभिजन र त्यसको १० वर्षपछि बी डिभिजनमा उक्लेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर