
४ भाद्र २०७८, शुक्रवार
नवलपरासी जिल्लाको देउचुली ११ धारापानी घर भएका डिल्लीराम धिताल (राजु अनुपम धिताल)को शुक्रवार विहान निधन भएको छ ।
केहि समय अगाडि देखि विरामि परेका राजुको भरतपुर अस्पतालमा विहान ४ बजे निधन भएको हो ।
राजु मलेसियामा करीव १५ वर्ष सम्म रोजगारीमा थिए । मलेसियामा उनको निकै राम्रो छवि थियो । मुख्य गरेर पेनाङलाई आफनो कर्मथलो वनाएका राजु मलेसियामा नेपालीलाई परेका हरेक समस्यालाई आफनै ठानेर नेपालीहरुलाई सहयोग गर्ने गर्दथे । नेपालवाट गएका जो कोहि हुन पेनाङ पुग्नासाथ राजुलाई खोज्ने गर्दथे । नेपालका राजनैतिक दलका नेताहरु देखि कलाकारहरु हुन या ब्यापार गर्न पेनाङ क्षेत्रमा पुगेका हुन उनले उत्तिकै सहयोग गर्ने गर्दथे ।
नेपाली दुतावास क्वालालम्पुरमा समेत दुई वर्ष सम्म स्थानिय कर्मचारी भएर उनले काम समेत गरेका थिए । क्वालालम्पुरको एयरपोर्टमा नेपालीहरुलाई त्यहाँका नक्कली पुलिस वनेर ठग्नेहरुलाई उनले झाको झारेको भिडियो मलेसियामा निकै भाईरल समेत भएको थियो ।
पछिल्लो समय नेपालमा फर्किएर देउचुलीमै रेमिटान्स संचालन गरिरहेका राजुको परिवारमा श्रीमती र दुईछोरा रहेका छन । शवलाई देवघाटमा दिउसो अत्येष्ठि गरिने छिमेकि वुद्धि भटटराईले जानकारी गराए । राष्ट्रडेली परिवार गहिरो समवेदना प्रकट गर्दछ ।