४ भाद्र २०७८, शुक्रवार

समान पेन्सन लगायत विभिन्न माग राखी आमरण अनसनमा बसेका भूतपूर्व गोर्खा सैनिकहरुले अनसन स्थगित गरेका छन् ।

उनीहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएसँगै उनीहरुले अनसन तोडेका हुन् ।

बेलायती रक्षामन्त्री लियो डोचर्डी र बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले जुस पिलाएर ज्ञानराज राई, पुष्पा घले र धन गुरुङको अनसन तोडाएका छन् ।

विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नहुँदा उनीहरुले आमरण अनसन गर्नुपरेको भन्दै आएका थिए ।

आजै सर्वोच्च अदालतले अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवनरक्षाका लागि पहल गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर