३ भाद्र २०७८, बिहिवार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.१७ अंकले घटेर तीन हजार एक सय ८० दशमलब ८६ विन्दुमा थामिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

त्यस्तै, आज २० अर्ब ४९ करोड ९२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

त्यस्तै, हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको आज एक अर्ब १६ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर