
३ भाद्र २०७८, बिहिवार
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बैंकरोडस्थित सडकबाट करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ईन्द्रसरोवर गाउँपालिका-२ बस्ने ३१ वर्षीय सुदिप मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ना.५३ प ९९३७ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी भुटानदेविबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका-१४ दुधौरा खोलास्थित सडकबाट करिब ७ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बस्ने ४५ वर्षीय अमित राउत कुर्मी र सोही ठाउँ बस्ने ५० वर्षीय बाशुदेव महतो रहेका छन् । डुमरवानाबाट सिमरातर्फ पैदल आउँदै गरको उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ