३ भाद्र २०७८, बिहिवार

खोटाङको साकेला गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। गाउँपालिकाको गाउँसभाको निर्णय अनुसार ठेक्का प्रणालीबाट भारु ५ लाख ९७ हजार ३०२ रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए।

एम्बुलेन्स खरिदका लागि गाउँसभाले २० लाख विनियोजन गरेको थियो। यसअघि बराहपोखरी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले पनि आफ्नै बजेटबाट एम्बुलेन्स खरिद गरिसकेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज यूके, भारतीय दुतावास, खोटाङ सेवा समाज दोहा कतार, विभिन्न दाताबाट प्राप्त एम्बुलेन्स सञ्चालनमा छन्।

रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा बिदेशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको एम्बूलेन्स सञ्चालनमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर