३ भाद्र २०७८, बिहिवार
कुवेत सरकारले नेपाल लगायत दक्षिण एसियाका मुलुकहरुमा सिधा उडान गर्ने निर्णय गरेको छ ।

कुवेतवाट प्रकाशित हुने अनलाईनहरुका अनुसार कुवेत सरकारको मन्त्री परिषदले उक्त निर्णय गरेको हो । तर उडान कहिलेदेखि हुन्छ भनेर भने खुलाईएको छैन ।
अलकवासमा प्रकाशित समाचार अनुसार कुवेत सरकारले नेपाल, इजिष्ट,भारत,वंगलादेश, पाकिस्तान र श्रीलंकावाट ब्यावसायिक उडान गर्ने उल्लेख छ । कोभिड १९ को सुरक्षा मापदण्ड पुरा गरेर उक्त देशहरुवाट सिधा उडान भर्ने जनाईएको छ ।
यस अघि नेपाल लगायत भारत पाकिस्तान,वंगलादेश र श्रीलंका लगायतकादेशलाई रेडजोनको रुपमा राख्दै उडान वन्द गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर