दिनेश खड्का खप्तडि/क्वालालम्पुर

३ भाद्र २०७८, बिहिवार

मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ ।

बाग्लुङ्ग जिल्लाको साविक सिगाना गाविस वडा न ३ र हाल बाग्लुङ्ग नगर पालीका ८ राम्चे घर भई मलेसियामा कार्यरत ४५ वर्षिय का हेम बहादुर घर्ती क्षेत्रीको कोरोना सक्रमणको कारण मृत्यु भएको हो ।
मलेसियाको शाहआलममा रहेको मार्वलको सामाग्रि उत्पादन तथा विक्रिवितरण गर्ने कम्पनीमा घर्ती क्षेत्रीले करिब १२ बर्षदेखि कार्यरत रहेका थिए । पछिल्लो पटक चार वर्ष अगाडि नेपाल आएर फेरी सोहि कम्पनीमा फर्किएका थिए ।
शवलाई स्थानिय अस्पतालमा राखिएको छ । मृतक क्षेत्रीको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन । शवलाई मलेसियामै अन्तेष्ठि गर्ने तयारी भैरहेको मृतकका दाजु मनोज जिसिले जानकारी गराए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर