रमेश भट्टराई/ विराटनगर

२ भाद्र २०७८, बुधवार

युवा संघ नेपालद्वारा अध्यादेशको विरोधमा आज पनि देश भर प्रर्दशन भएको छ ।
यसैक्रममा मोरङ को बुढिगंगा गाउपालिकामा पनि आज साझँ विरोध जुलुस निस्किएको थियो ।

राष्टिय युवा संघ नेपाल बुढिगंगा कमिटि मोरङको आयोजनामा बुढिगंगा एक टंकिसिनवारि चोक मा निस्किएको जुलुसले सरकार विरोधी नारा लगाएका थिए ।

अध्यादेश ल्याउन पाइैदैन ,देउवा सरकार मुर्दावाद, कम्फटेबल सरकार मुर्दाबाद, केपि ओलि जिन्दाबाद ,रास्ट्रिय युवा संग जिन्दाबाद ,नेपालि जन्ता के भन्छ केपि ओलि ले भन्छ जस्ता नारा लगाउनुको साथै राके जुसुस समेत निकालेका थिए ।
राष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव सुनिता कार्कि,केन्द्रिय कमिटि,जिल्ला कमिटि, प्रदेश कमिटि,नगरकमिटि गाउ कमिटिका प्रतिनिधिका साथै नेकपा नेता हरुको समेत सहभागिता रहेको थियो ।
राके जुलुस लाइ नेपाल पुलिस को टोलिले नियन्त्रण गर्न खोजेपछि केहिवेर तानातानको अवस्था आएको थियो ।
कार्यक्रममा केन्दिय सचिब सुनिता कार्कि र केन्दिय सदस्य नबराज नेपाल टुप्पि लगायतकाले आफना भनाईहरु राखेका थिए । कार्यक्रमको संचालन किशोर भट्टराइले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर