२ भाद्र २०७८, बुधवार

गण्डकीप्रदेशमा थप ४५६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका १४४ जना, तनहुँका २६ जना, गोरखाका ३६ जना, लमजुङका एक जना र नवलपुरका ५२ जना,स्याङ्गजाका ४० जना, पर्वतका १६ जना, बागलुङका ११८ जना र म्याग्दी जिल्लाका २३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको    छ । बुधबार गण्डकीमा थप १० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, बागलुङका एक जना, पर्वतका एक जना, तनहुँका दुई जना, स्याङ्गजाका दुई जना, लमजुङका एक जना र कास्की पोखराका दुई जना छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर