
२ भाद्र २०७८, बुधवार
नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ ।
फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।
नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् । सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो ।
अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।