दिनेश खड्का खप्तडि / क्वालालम्पुर

२ भाद्र २०७८, बुधवार

करीव करीव दुई दशक अगाडि रोजगारीको लागि मलेसिया पुगेका वाग्लुङका खिम वहादुर पुन मगर १८ वर्ष पछि रित्तो हात     नेपाल   फर्कदैछन ।
मलेसियाको स्टानफोर्स सेक्युरिटि कम्पनीमा कार्यरत रहेको अवस्थामा विरामि परेपछि उनको खोजी शुरु भएको    थियो ।
विरामि भएको अवस्थाको फोटो र भिडियो सामाजिक सन्जालमा भाईरल भएपछि उनलाई सहयोग गर्न ठाउँठाउँवाट मानिसहरु जोडिएका थिए ।
वोल्न समेत नसक्ने अवस्थामा पुगेका उनले त्यो वेलामा आफनो घर बागलुङ जिल्लाको निसिखोला गाउँपालिका भएको मात्र वताउने सक्ने अवस्थाका थिए ।
उनको अवस्थाको वारेमा बागलुङवाट रोशन विश्वकर्माले नेपालमा आफना आफन्तहरुको खोजी गर्न थालेका थिए । तत्कालिन अवस्थामा परिवार खोजी गर्दे जादा पाण्डवखानी गाउँपालिका वडा न तीन र हालको गल्कोट नगरपालिका वडा न १० सोरमाने गाउँ रहेको  जानकारी आएपछि उनको उद्धारमा थप सहयोग भएको थियो ।
मलेसिया रहेर सगै काम गरिरहेका विष्णु गौतम, पत्रकार त्रिलोचन गौतम, सहयोगि विकास कौशल,पुर्ण लिम्वुहरु उनको पहिलो उद्धारमा जोडिएका थिए । उनलाई विकास कौशलले सेलायाङ अस्पतालमा लगेर भर्ना गराएका थिए । नेपालका रहेका रोशन विश्वकर्माले आफन्तहरु खोज्नुको साथै परिवारलाई खेम संग सम्पर्कमा ल्याएका थिए ।
नेपाली दुतावासले वारम्वार अस्पतालमा निगरानी र सहयोग गर्न थालेपछि उनको स्वास्थमा अहिले निकै सुधार आएको छ । दुतावासको विशेष पहलमा आज उनी नेपाल फर्कदै छन ।सामान्य वोल्न समेत सक्ने भएका छन । उनलाई विदेशमा रहेका दिदीहरुले मलेसियावाट नेपाल फर्कनको लागि हवाई टिकटको ब्यवस्था मिलाईदिएका थिए ।

 

यो पनि पढनुहोस

मलेसियावाट खिम पुनले गरे सहयोगको अपिल (भिडियो सहित)

मलेसियामा अलपत्र खिमवहादुरले सहयोग पाउन थाले

प्रतिक्रिया

सम्बन्धित खवर