२ भाद्र २०७८, बुधवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन गलत भएको बताएका छन्।

https://amzn.to/4myfPN5

‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउन गलत। हिजो पनि गलत, आज गलत र सधैं गलत, जसले गरे पनि गलत,’ बुधबार ट्वीट गर्दै थापाले भनेका छन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ वैशाख ८ मा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यसबेला विरोध भएपछि चार दिनपछि फिर्ता लिइएको थियो।

‘हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरूद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन,’ थापाले भनेका छन्, ‘समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर