२ भाद्र २०७८, बुधवार
काठमाण्डौ दक्षिणकाली ४ बासवारी घर भई दुई वर्ष अगाडि डिभि परेर अमेरीका पुगेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरकोे शव आज नेपाल ल्याईने भएको छ ।
साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका रहेको एनआरएनए अमेरीकाले जनाएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा बुधवार शव नेपाल ल्याउन लागिएको हो ।।
अमेरीकाको विसकनसिनमा पसलको स्टोरमा काम गर्ने ठाउँमा अचानक विहोस भएपछि अस्पताल लगिएकोमा जुलाई २८ तारिखमा अस्पतालमै उनको मृत्यु भएको थियो ।
नेपाल पठाउनु अगाडि फ्युनेरल होममा गएर गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी सहित विसकन्सिन बासी नेपालीहरूले मङ्गलवार स्वर्गीय कुँवरलाई श्रद्धाञ्जली दिएका थिए ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले विसकन्सिन च्याप्टरको विशेष पहलमा गोफण्ड मार्फत रकम सङ्कलन गरेको थियो । विसकन्सिन च्याप्टर अध्यक्ष दीपक थापाका अनुसार शव नेपाल पठाउन परिवारको अनुरोध पत्र आएपछि गो फण्डबाट २५ हजार डलर सङ्कलन गरिएको छ ।