
२ भाद्र २०७८, बुधवार
‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ । भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ । ‘नेपाल आइडल सिजन–४’मा निर्णायक को हुने निश्चित भइसकेको छैन ।