१ भाद्र २०७८, मंगलवार

झापा, बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्क मिलन चोकस्थित एङग्री बुवाई होटल रेष्टुरेण्ट एण्ड बारबाट २० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुमन तामाङ र सोही ठाउँ बस्ने अर्जुनधारा नगरपालिका-७ घर भएका २७ वर्षीय मनोज चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट २ थान मोबाईल र मे.२ प ८६८६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ मुग्लिङ पुलजिपबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका-४ बस्ने २२ वर्षीय बिकाश अधिकारी र धादिङ निलकण्ठ नगरपालिका-१० बस्ने २० वर्षीय मनोज इटनी रहेका छन् । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी महोत्तरी, बर्दिवास नगरपालिका-११ बाँके खोलाको ड्यामबाट करिब १२ केजी अवैध लागूऔषध गाँजा सोमबार राती प्रहरीले बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी खयरमाराबाट गस्तीमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त ड्याममा बेवारिसे अवस्थामा बोरा र झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर