
१ भाद्र २०७८, मंगलवार
नेपाली कांग्रेसका नेता प्रदीप पाैडेलले सरकारले ल्याउन लागेकाे दल विभाजन सम्बन्धी अध्यादेशकाे विराेध गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेखेर नेता पाैडेलले हिजाे केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश ल्याउँदा प्रतिपक्षमा रहेकाे कांग्रेसले त्यसकाे डटेर प्रतिकार गरेकाे उहाँले बताउनुभएकाे छ ।आज फेरि संसद् अधिवेशन गरेर ल्याएकाे अध्यादेश हिजाेकाे प्रवृत्ति भन्दा फरक नभएकाे नेता पाैडेलले बताउनुभएकाे छ ।