१ भाद्र २०७८, मंगलवार

अनसनकारी भूतपुर्व गोर्खाहरुसँग वार्ता गर्न बेलायती रक्षामन्त्रीले राखेको प्रस्ताव उनीहरुले अस्वीकार गरिदिएका छन्।
सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरु दुई जनासँग भेटका लागि मन्त्री वालेसले प्रस्ताव राखे पनि त्यो अस्वीकार गरिएको बताए ।
‘हाम्रो बटमलाइन् बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधि सम्मिलित उच्च स्तरिय वार्ता कमिटी गठन र मिति तोकिनु हो’ राईले भने(‘बेलायती मन्त्रीसँग गएर हामी वार्ता गर्दैनौ । पहिला बेलायत सरकारले नेपाल सरकारको पत्रको जवाफ लेखोस् ।’
भूपू गोर्खाहरुवाट ज्ञानराज राई, धन गुरुङ र पुष्प घले बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर बिगत १० दिनदेखि आमरण अनसनमा छन् ।

https://amzn.to/4myfPN5

 

प्रतिक्रिया

सम्बन्धित खवर