१ भाद्र २०७८, मंगलवार

प्यारालाइसिस भई दुबै खुट्टा नचल्ने भएका छोराछोरी आफन्त पनि नभएका कमलबजार अछाम का गगन विश्वकर्मालाई
क्यानडामामा वस्नेहरुले सहयोग गरेका छन । विश्वकर्माको वारेमा कालिका आधारभुत विद्यालय मुली अछामका प्रधानाध्यापक देवेन्द्र सञ्जालले सामाजिक सन्जालमा पोष्ट गरेपछि सहयोग रकम उठन शुरु गरेको हो ।
देश विदेशमा रहनुहुने नेपालिबाट ३६,१०० सहयोग संकलन भएको जानकारी प्राप्त भएको छ।
स्मरणिय छ प्रअ देवेन्द्र सञ्जाल को पहलमा दान सहयोगबाट विद्यालयको दुई कोठे पक्की भवन निर्माणाधीन अवस्थामा छ भने सोही ठाउँका क्यान्सर पिडित सर्पजित कसेरालाई भर्खरै रु एक लाख तिस हजार नगद सहयोग प्रदान गरिएको थियो ।
त्यसैगरी उक्त सहयोग संकलन कार्यमा अर्का स्थानीय शिक्षक तर्क बहादुर बिष्टले समेत समन्वय गरिरहेका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर