१ भाद्र २०७८, मंगलवार

नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाल सरकारलाई पठाएको ध्यानाकर्षण पत्र आज गृहमन्त्री बालकृष्ण खाणलाई काठमाण्डौमा हस्तान्तरण गरिएको छ ।
नेपाली जनसम्पर्क समिती समन्वय बिभागका सदस्य प्रल्हाद नेउपाने,बिध्या तिमिल्सिना लगायत मलेसियावाट गएका पदाधिकारीहरुले गृहमन्त्री खाणलाई भेटेर उक्त पत्र हस्तान्तरण गरेका हुन ।

ध्यानाकर्षणपत्रमा कोरोनो महामारीवाट विश्व कहि पनि वच्न सकेको छैन । यसैसन्दर्भमा मलेसिया पनि कोरोना दिनप्रतिदिन फैलिईरहेको छ । थुप्रै कम्पनीहरु वन्द भैसकेका छन र वन्द हुने क्रममा छन । करार अवधि सकेर पनि घरफर्कनको लागि हवाईसेवा नियमित नभएकाले समस्या परिरहेको छ । नियमित हवाईसेवा संचालनको लागि पहल गर्नको लागि ध्यानाकर्षण गराईएको छ ।

यसैगरी कोरोना महामारीवाट नियमित हवाई सेवा सन्चालन नहुदा मलेसियामा आज मंगलवार सम्म २४ वटा शवहरु अलपत्र अवस्थामा रहेका छन । परिवारले शव खोजीरहेका छन तर मलेसियामा आउने न्यारोवडिले शव ढुवानी नर्गर्ने भएकाले कम्तीमा पनि मलेसियामा महिनामा दुईपटक सम्म वाईडवडिको प्लेन पठाउने ब्यवस्था गरिदिनको लागि अनुरोध गरिएको छ ।

यसैगरी मलेसियामा करीव पाँचलाख नेपाली श्रमिकहरु रहेको अनुमान छ । उनीहरुलाई विभिन्न कारणले वेलावेलामा समस्या आउने गर्दछ तर उनीहरुले कतैपनि सेल्टर पाउन सकेका छैनन तसर्थ मलेसियामा श्रमिकहरु लाई आफनै सेल्टर हाउस भएको खण्डमा उनीहरुले कानुनी न्याय पाउनुको साथै सेल्टरमा वसेर सेवा लिन सक्ने थिए साथै अलपत्र,अगंभग,वेर्खची,विरामिहरुको लागि ठुलो राहत मिल्ने थियो । त्यसको आवश्यक ब्यवस्थाको लागि पहल गरिदिन दिन समेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

नेपाली जनसम्पर्क समितिले यसअघि नै सोहि प्रकारको ध्यानाकषर्णपत्र नेपाली दुतवासमा पनि वुझाएको जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीले वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर