
१ भाद्र २०७८, मंगलवार
जनउद्धार केन्द्र मलेसियाको अधिवेशन २०२२ को जनवरीमा हुने भएको छ ।
कोभिड १९ र यसले जनजीवनमा पारेको प्रभावका कारण र अधिकांश सदस्य तथा शुभचिन्तक हरुको माग र सल्लाह अनुसार अधिवेशन पछाडि सारिएको जनउद्धारकेन्द्रले सुचना जारी गरेर जानकारी गराएको छ ।
साथै केन्द्रिय समितिको भर्चुअल भेलाले हाल कायम रहेको केन्द्रिय समितिलाई अधिबेसन आयोजक समितिमा रूपान्तर गरि काम अगाडि बढाएको समेत जानकारी गराईएको छ । यस अघिका वर्षहरुमा अगस्ट महिनाको २१ तारीखका दिन जनउद्धार केन्द्रले वार्षिकोत्सव मनाउदै आइरहेको थियो ।