१ भाद्र २०७८, मंगलवार
अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु आज विहान काठमाडौं आइपुगेका छन् ।
कुवेतवाट जजिरा एयरको विमानमार्फत् उनीहरु नेपाल आएका हुन ।
अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएर राखेको थियो ।
उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको वताईएको छ ।









