
१ भाद्र २०७८, मंगलवार
भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको दश दिन बितिसकेको छ ।
ब्रिटिश अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले भोक हड्तालमा बसेका अनसनकारीहरुलाई भेटेर उनीहरुको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्।
यस्तै त्यहाँका स्थानियहरु तथा भेट्रान्सहरुले समेत एक्यवद्धता जनाउदै आन्दोलनमा साथ दिएका छन र प्रदर्शन गरेका छन । उनीहरुले आमरणस्थल प्रधानमन्त्रीको कार्यालय आसपासमा प्रदशैन गरेका थिए ।
गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले विगत १० दिनदेखि आमरण अनसनमा छन् ।
समानताको लडाईंमा आफूहरू मर्न तयार रहेको जनाउँदै उनीहरू भोक हडताल छाड्ने मनस्थितिमा छैनन् यद्यपि उनीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ ।