
१ भाद्र २०७८, मंगलवार
वेल्जियममा “नेपाली पोर्चुगिस समाज बेल्जियम” गठन भएको छ ।
समाजको अध्यक्षमा तुलसीराम थपलिया रहेका छन । समाजको उपाध्यक्षमा ईन्द्र न्यौपाने ,प्रभात पौडेल,इन्द्रकमल रानाभाट र अम्बिका ढकाल रहेका छन ।
समाजको महासचिवमा बिष्णुप्रसाद पौडेल,सचिवमा अनिता महर्जन र रमेश थापा तथा कोषाध्यक्षमा दीपक गुरुङ रहेका छन ।
यसैगरी समाजको सदस्यहरुमा रुद्र थापा,अशोक सिल्वाल,राज गुरुङ ,शिशिर रानाभाट ,राम केसी,बिनायक बुढाथोकी ,प्रेम तामाङ ,अमित लिम्बू ,कमल महत र शिशिर जोशी छन ।
समाजले ११ जनालाई सल्लाहकार राखेको छ । जसअनुसार लोकप्रसाद दाहाल,सालिकराम थपलिया ,शिवकुमार बरुवाल, प्रकाश कडेरिया,श्याम ढकाल ,किशन केसी,ईन्द्रप्रसाद ओली,अर्जुनकुमार गुरुङ ,चित्र सुवेदी ,खड्गबहादुर केसी,दिनेश भण्डारी रहेका छन ।
पोर्चुगलको नागरिकता, पासपोर्ट वा अन्य स्थायी कागजात बनाइ हाल विभिन्न पेशा व्यबसायमा संलग्न भइ बेल्जियम बसोबास गर्ने नेपालीहरु समाजमा रहेको जनाईएको छ । नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आपसी सद्भाव अभिबृद्दी, सामाजिक तथा साँस्कृतिक काम र कुराहरूमा सहभागिता आदानप्रदान र सुखदुःखमा साथ सहयोग गर्ने पवित्र उदेश्यले बेल्जियमको आन्त्वेर्पेन शहरमा भेला गरी समाजको स्थापना गरिएको अध्यक्ष थपलियाले जानकारी गराए ।