३२ श्रावन २०७८, सोमवार
स्याङ्गजामा कोरोना सक्रमणवाट आज थप दुई जनाको मृत्यु भएको छ ।
स्याङ्गजा जिल्लाको गल्याङ नगरपालिका वडान ५ का ६३ वर्षिय पुरुषको मृत्यु भएको हो ।
साउन २ गते कोरोना पुष्टि भएका पुरुषको पोखराको मेडिप्लस अस्पतालमा उपचार भैरहेको थियो ।
उपचारकै क्रममा मृत्यु भएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ ।
यसैगरी स्याङ्गजाकापुतलीवजार २ का ७० वर्षिय पुरुषको आज मृत्यु भएको हो ।
साउन २४ गते कोरोना पुष्टि भएका पुरुषको आज उपचारको क्रममा मृत्यु भएको हो ।
निज पुरुषको पोखराको चरक मेमोरियल अस्पतालमा उपचार भैरहेको थियो ।










