काठमाडौं, २०७८ साउन ३२
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित उदयपुर चौदन्डीगडी नगरपालिका-४ बस्ने २४ वर्षीय सुदिप राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ग.१ ख ६४७५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर