३२ श्रावन २०७८, सोमवार

मलेसियाका प्रधानमन्त्री तान श्री मुहिद्दिन यासिनले आफनो पदवाट राजीनामा दिएका छन्। मलेसियावाट प्रकाशित हुने समाचारहरुका अनुसार प्रधानमन्त्रीले संसदमा बहुमत पुर्याउन नसकेपछि राजीनामा दिएका हुन ।

राजीनामा दिनुअधि उनले राष्टिय टेलिभिजन मार्फत मलेसियाली जनताहरुलाई सम्वोधन गरेका थिए ।  सम्वोधनका क्रममा उनले भने म प्रधानमन्त्री बन्नको लागी मेरो सिद्धान्तहरुको त्याग गरेर सजिलो बाटो लिन सक्थें। तर मैले रोजेको त्यो विकल्प थिएन।  मुहिउद्दीनले भने अर्को सरकार जतिसक्दो चाँडो गठन हुन सक्छ र मलेशियालीहरु लाई चलिरहेको कोभिड खोप अभियान को बारे मा चिन्ता लिनु पर्दैन, किनकि यो सरकारले सबै को लागी पर्याप्त खोप को आदेश दिएको छ। मलाई आशा छ कि यस देशको प्रशासन सम्हाल्ने अर्को सरकारले तपाइँ सबैको राम्रो ख्याल राख्नेछ। यो मात्र एक मात्र चीज हो जुन मलाई चिन्ता छ र म सधैं तिमीहरु सबैको ख्याल राख्छु उनले भने।
उनी १८ महिना अघि मात्रै मलेसियाको प्रधानमन्त्री भएका थिए । २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा पुगेका   थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर