३२ श्रावन २०७८, सोमवार

साउदी अरवमा रोजगारीका लागि पुगेका एक युवा यस्तो परिवन्धमा फसे कि कल्पना गर्न पनि गाह्रो छ ।
साउदी अरब पुगेको १९ महिनापछि ओखलढुङ्गाका २७ वर्षीय मन्दिप तामाङ (नाम परिवर्तन) मुस्लिम युवतीलाई आँखा झिम्क्याएपछि समातिन पुगे । तीन महिना जेलको सजाय भोगेर उनी नेपाल फर्किए  ।

तामाङ साउदीको जेद्दा शहरको एक मार्बल कम्पनीमा भ्यान ड्राइभर थिए । जेद्दा शहरको मुख्य सपिङ मलमा सामान पुर्‍याउन जानुपर्ने भयो र सामान लिएर गए । त्यहि सपिङ मलको चौथो तलामा एउटी मुस्लिम युवतीले हाँस्दै तामाङलाई हेरिरहिन । हेर्दे हास्दै गर्न थालेपछि उनले पनि ती युवतीलाई हेरे । आखाँ जुधाजुध भयो । मानौकि माया साटासाट भयो । उनले पनि झिमिक्क आँखा पनि झम्काईहाले ।

ती युवती आफनो वावा सँग त्यहाँ सपिङ गर्न आएकि रहिछन । उनले आँखा झिम्क्याएको बेला ती युवतीको बाबुले पनि देखेका रहेछन ।
पछि सपिङ मलवाट फर्कन थाल्दा उनको वारेमा उजुरी परिसकेको रहेछ ।

सपिङ मलको सीसी क्यामेरामा हेरेर पार्किङमै सुरक्षा गार्डले उनलाई समाते । त्यसपछि सिधै जेल लग्यो । प्रहरीले किन समाते भन्ने कुरा जेल पुगेपछि मात्र उनले थाहा पाएँ ।’ त्यसपछि तीन महिना जेलको सजाय भोगेर एकहप्ता अगाडि मात्रै नेपाल आईपुगे ।
आफूलाई साहुले नै जेलबाट छुटाएको उनको भनाइ छ । मैले काम गर्ने कम्पनीको साहुको छोरा अध्यागमन प्रहरीमा काम गर्ने रहेछन साहुले छोराले ुयसको आँखा झिम्क्याउने बानी छु भनेर सिफारिस गरेपछि मात्रै जेलबाट छुटेको हुँ कुराकानीमा उनले भने ।

साहुकै कारण धेरै महिना जेलमा बस्नु परेन भन्ने उनको ठम्याई छ नत्र कति वर्ष जेल बस्तुपर्थ्यो उनी अहिले ती दिनहरु संझछन ।
‘साउदीमा केटीलाई फर्किएर हेर्न र हाँस्न पाइँदैन भन्ने थाहा पनि थियो नि तर यतिहुँदा–हुँदै फसियो ,
ठाउँअनुसार चल्नुपर्दाे रहेछ त्यो दिन मख्ख परियो त्यसपछि हविगतनै भयो नी उनले हास्दै कुराको विट मारे ।

प्रतिक्रिया

सम्बन्धित खवर