३२ श्रावन २०७८, सोमवार

हङकङको याउ मा तेई स्थित शौचालयमा सोमवार विहान एक नेपाली पुरुष मृत अवस्थामा भेटिएका छन्।
स्थानीय समाचार माध्यमहरुले जनाए अनुसार विहान करीव ६ बजे No. 10 Market Street, Yau Ma Tei को टोइलेटमा अचेत अवस्थामा भेटिएपछि उद्धारको लागि प्रहरीलाई खबर गरिएको थियो। हङकङको प्यारामेडिक्स टोलीले परीक्षण गर्दा उनको मृत्यु भइसकेको जनाएको छ।

https://amzn.to/4myfPN5

आईडी जाँच गर्दा उनी ३० वर्षीय नेपाली पुरुष भएको खुलेको हो।  मृतकको थप पहिचान खुलाइएको छैन। शवको पोसमार्टम हुन बाँकी रहेको स्थानिय समाचारहरुले उल्लेख गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर