
३२ श्रावन २०७८, सोमवार
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूके शाखामा विनोद चिपालुकै नेतृत्व दोहोरिएको छ ।
सर्वसम्मत रुपमा चुनिएको नयाँ कार्यसमितिमा सर्वेन्द्र अधिकारी र दीपक थापा उपाध्यक्ष, सञ्जयभक्त कंडेल महासचिव, सुजन पराजुली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन् ।
त्यस्तै, माया केसीले सदस्य तथा आर्थिक स्रोत व्यवस्थापन संयोजकको जिम्मा पाएकी छन् ।
कार्यसमितिको सदस्यमा सत्यप्रसाद प्रजापति चयन भइसकेका छन् भने अन्य सदस्य पछि मनोनित गरिने भएको छ ।
अधिवेशनलाई लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, इनास ग्लोबलकी अध्यक्ष कमला दाहाल, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, इनास ग्लोबलका महासचिव मनिषकुमार श्रेष्ठ, इनास यूके पूर्व अध्यक्ष रजनी सुनुवार, कलाकार सनमकुमार वैराग, गायक योगेश्वर अमात्य, वरिष्ठ पत्रकार भगिरथ योगी लगायतले शुभकामना दिएका थिए ।
कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।