३२ श्रावन २०७८, सोमवार
अमेरीकाको कोलोराडोमा आईतबार हेमन्तराज शर्मा सांगितीक सांझ सम्पन्न भएको छ ।
रकि माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको कार्यक्रममा शर्मा सगै स्थानीय कलाकारहरुले समेत प्रस्तुती दिएका थिए ।
बोल्डर स्थित युनिटी चर्चमा भएको कार्यक्रममा गायक शर्माले केहि हैन रुप केहि हैन धन संसारमै ठुलो मान्छेको मन, थापन थाप मायालु, मायां सारै महंगो , मुल हो भने रसाई देउ जस्ता करीव एक दर्जन गीत गाएर नचाएका थिए ।
कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनीधी,व्यवसायि,बुद्धीजिवी,पत्रकार तथा सर्व साधारणको उपस्थिती रहेको थियो ।
यो कार्यक्रम कोलोराडोमा कोभिड महामारी पछिको पहिलो संगीतीक कार्यक्रम हो।
रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष टिका पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नेपाली घरका उपाध्यक्ष जगदिशचन्द्र ढकाल,रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका निवर्तमा अध्यक्ष बिनोद त्रीपाठी,साहित्यकार द्धय ज्ञानेन्द्र गदाल र पदम विश्वकर्मा, अध्यक्ष पौडेल लगायतकाले खादा तथा सम्मान पत्रले सम्मान गरेका थिए ।