३२ श्रावन २०७८, सोमवार
हुम्लाको सर्केगाड गाउँपालिकामा विसं २०७३ असार ३० गते स्थापना भएको इलाका प्रशासन कार्यालयवा पहिलो पटक नागरिकता दिईएको छ ।
छ वर्षपछि आधिकारिक रूपमा कार्य सञ्चालनमा आएको हो ।
सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाकाका नागरिकलाई सजिलोहोस भनेर कार्यालयको स्थापना भएको भएपनि प्रयोग विहिन भएको थियो ।
गृहमन्त्रालयको निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभएसम्मका लागि छ महिनाको कामु शाखा अधिकृतको जिम्मा नायब सुुब्बा भीमबहादुर रोकायालाई दिइएकोे छ ।
कामु शाखा अधिकृत रोकायाले आइतबार पद सम्हालेपछि पहिलो दिन पाँच जनालाई नयाँ र दुई जनालाई प्रतिलिपि गरी सात जना सेवाग्राहीलाई सेवा दिईएको जानकारी गराए ।
अबदेखि नागरिकता, सिफारिस, राहदानीका साथै अन्य सिफारिसका लागि इलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएको रोकायाले बताउनुभयो । यस अगाडि नागरीकता लिनको लागि मात्रै पनि दुईदिन लगाएर हिडेर सिमकोट जानुपर्ने अवस्था रहेको थियो ।