३२ श्रावन २०७८, सोमवार

गैर आवासिय नेपाली संघले कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासी कामदारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको जनाएको छ ।

एनआरएनएले आइतबार सार्वजनिक गरेको विदेशमा रहेका नेपाली कामदारको अवस्था सम्बन्धी श्वेतपत्रअनुसार वैदेशिक रोजगारिका शिलशिलामा खासगरी खाडी मुलुक, मलेसिया, कुवेतलगायत गन्तव्यमा रहेका कामदार बढी समस्यामा रहेको जनाइएको छ ।

कोभिड–१९ को महामारीपछि सङ्घले विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब दुई लाख नेपालीको उद्धार गरिएको जनाएको छ ।
आगामी दिनमा नेपाल सरकार र एनआरएनएको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार गर्ने विश्वास लिइएको छ ।

एनआरएनएका उपाध्यक्ष डा बन्द्री केसीका अनुसार सन् २००३ देखि सन् २०२१ को अवधिमा विदेशमा करिब ७० लाख नेपाली छन् ।
वैदेशिक रोजगारीमार्फत राज्यले झण्डै रु १० खर्ब रेमिट्यान्स भित्रएको वताए ।
एनआरएनए वैदेशिक रोजगार तथा कल्याणकारी समितिका संयोजक केसीले सन् २००३ देखि नै सङ्घले वैदेशिक रोजगार मुलुक गन्तव्यलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्नेबारे कमिटीमार्फत काम गर्दै आएको बताए ।
कोभिडका कारण एक लाख ७० हजारभन्दा बढीले विदेशमा रोजगारी गुमाएको एक लाखभन्दा बढी सङ्क्रमित भएको र ४८६ जनाको मृत्यु भएको वताए ।

एनआरएनएले वैदेशिक रोजगारिमा रहेका खाडी मुलुक, मलेसियालगायत गन्तव्यका कामदार समस्यामा परेको जनाउदै श्रम स्वीकृत नभएका कारण उनीहरू असुरक्षित भएको जनाएको हो ।
घरेलु कामदारमा महिलाको अवस्था अझ दयनीय छ । सक्कल कागजात नहुँदा उनीहरूलाई स्वदेश फर्काउन कठिनाइ भएको जनाइएको छ । यो अवधिमा कुवेतबाट मात्रै पाँच हजार महिलाको उद्धार गरिएको उपाध्यक्ष केसीले बताए ।

एनआरएनए कोभिड–१९ राहत तथा स्वदेशफिर्ता सहजीकरणका लागि गठित समितिका संयोजक राजेन्द्र राउतले मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसियालगायत देशमा जाने नेपाली समस्यामा परेको वताए ।

हालसम्म श्रम गन्तव्य मुलुकबाट २२ हजारभन्दा बढी नेपालीलाई सहयोग गरिएको छ । कतिपय समस्यामा परेका कामदारलाई ३५० डलरसम्म टिकट काटेर स्वदेश फिर्ता गरिएको र नेपाल आएपछि घरसम्म पु¥याउने व्यवस्था मिलाइएको वताए ।

यो अवधिमा विभिन्न मुलुकमा जेल सजाय भोगिरहेका १३५ जनालाई जेलमुक्त गरी स्वदेश फर्काइएको सङ्घले जनाएको छ ।
। नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसिया लगायत देशमा बैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन् ।
पछिल्लो समय युरोप, क्यानडा, अमेरिकालगायत विकसित देशमा पनि उल्लेख्य सङ्ख्यामा कामदार पुगेका छन् ।

बालुवाटारस्थित सङ्घको सचिवालयमा श्वेतपत्र सार्वजनिक गर्दै सङ्घका अध्यक्ष कुमार पन्तले कोभिड महामारीले वैदेशिक रोजगारीमा रहेको श्रमिकको कहालीलाग्दो अवस्थालाई उजागर गरेको र सरकार तथा सरोकारवालालाई समस्या समाधानका लागि श्वेतपत्रले मार्ग निर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कायक्रममा एनआरएनए उपाध्यक्ष रबिना थापा,एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन एनआरएनले सक्रिय भूमिका निर्बाह गरिरहेको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर