३२ श्रावन २०७८, सोमवार

सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् ।

फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो ।

यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् । त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जितबाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन् ।

पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् । पवनदीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर