३१ श्रावन २०७८, आइतवार

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्।

विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेको जनाइएको छ। उपराष्ट्रपतिले पनि मुलुक छाडेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका छन्।

उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन्।

काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन्।

उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर