३१ श्रावन २०७८, आइतवार

रसुवाको लाङटाङको भ्रमण सकेर काठमाडौँ फर्कने क्रममा दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा ढुङ्गा लागेर एक पदलयात्रीको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेको प्रहरीले जनाएको छ ।

एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पुर्‍याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर