दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

३१ श्रावन २०७८, आइतवार

नेपाली मजदुर एकता समाज मलेसियाको प्रथम  सम्पन्न भएको छ ।
अधिवेशनले अर्जुन सिह अनुरागिको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सैलेस सौगात, महासचिवमा सिंग बहादुर मोक्तान,सचीवमा लाल बहादुर ओली, कोषाध्यक्षमा विशाल श्रेष्ठ, सह(कोषाध्यक्षमा प्रेम बिस्ट अन्जान रहेका छन । यसैगरी सदस्यहरुमा भागिराम बुढाथोकी, हरि बहादुर सिंह र निर्मल खवास चयन भएका छन । यस्तै सञ्चार बिभाग प्रमुखमा भिम लुहार रहेका छन ।
निर्वाचन समिति संयोजक तिलोचन गौतमका अनुसार केहि पदहरुमा कसैको पनि उम्मेदवारी नपरेको कारण पछि चयन गरिने भएको छ ।
यसअघि जुम मार्फत भएको अधिवेशनको मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमको अध्यक्षतामा तथा समाजका निबर्तमान  वरिष्ट उपाध्यक्ष अर्जुन सींह अनुरागीको स्वागत मन्तब्यबाट कार्यक्रमको शुरुवात भएको थियो ।
कार्यक्रममा नेपाली मजदुर एकता समाज केन्द्रिय समिति अध्यक्ष तेजबहादुर कार्कि, नेपाली राजदुतावास  मलेसियाका डिसिएम मोती श्रीस, एनआरएनए मलेसियाका महासचिव रन्जित कुमार क्षेत्रि, एनआरएनए जोहोर शाखाका अध्यक्ष हरि बहादुर बस्नेत, नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर वुढा,सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामी, सुदुर पश्चिमेली नेपाली समाज जोहोर अध्यक्ष तिलक चन्द ठकुरी, नेपाली मजदुर एकता समाज केन्द्रिय समिति सदस्य तथा भारत समिति अध्यक्ष भरत पौडेलले शुभकामना मन्तब्य राख्नु भएको थियो ।यसैगरी नेपाली मजदुर एकता समाज कोरिया संयोजक निकेश आले, ब्राजिल संयोजक तथा संचार बिभाग प्रमुख लेखा राना प्रिया, श्रमिक अगुवा रमेश मल्ल सन्दिप खड्का, भिम लुहार पत्रकार तिलाचन गौतम लगायतकाले शुभकामना मन्तब्य ब्यक्त राख्नु भएको थियो
कार्यक्रमकोे संचालन नेपाली मजदुर एकता समाजका केन्द्रीय समितिका महासचिव समर्पण भट्टराईले  गर्नु भएको थियो
मजदुरका लागि मजदुर भन्ने मुल नारा, लिएर गठन गरिएको समाज दुई बर्ष अगाडी स्थापना भएको हो । अहिले विश्वको विभिन्न मुलुकहरुमा समाजको शाखाहरु स्थापना भैरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर