३१ श्रावन २०७८, आइतवार

लेबनानको उत्तरी क्षेत्र अक्करमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको भने ७९ जना घाइते भएका छन।

लेबनानी रेडक्रसले ट्वीटरमा हाम्रो टोलीले अक्करमा इन्धन ट्याङ्कर विस्फोटबाट २० वटा शव ल्याएको जनाएको छ।

सरकारी राष्ट्रिय समाचार एजेन्सीले सेनाले जफत गरेको इन्धनको कन्टेनर विस्फोट भएको जनाएको छ।

पेट्रोल भर्न कन्टेनर वरपर जम्मा भएका मानिसहरु बीच राती झगडा पछि विस्फोट भएको थियो। विस्फोट हुनु भन्दा पहिले सेनाले सो क्षेत्र छोडेको थियो।एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर