
३१ श्रावन २०७८, आइतवार
हाइटीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ ।
१९ सय जनाभन्दा बढी घाइते भएको अन्तराष्टिय सन्चारमाध्यमहरुले जनाएका छन ।
मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दुमा भुकम्प गएको उल्लेख छ ।
हाइटीका प्रधानमन्त्रीले एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।
भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।
यसअघि हाइटीमा सन् २०१० को जनवरीमा पनि त्यहाँ ठुलो भुकम्प आउदा ठूलो क्षति भएको थियो ।
उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गएको थियो भने तीन लाखभन्दा बढी घाइते भएका थिए ।