३० श्रावन २०७८, शनिवार

नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१ कुनावास बस्ने बालकृष्ण लुङगेलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ४३ वर्षीय केदार काफ्ले सहित ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३१ हजार १ सय ९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर