३० श्रावन २०७८, शनिवार

मलेसियामा एक नेपाली चेलीको शनिवार विहान निधन भएको छ । नुवाकोट जिल्ला घर भई मलेसियाको राजधानी कोरातायको एक नेपाली रेष्टुरेण्टमा कार्यरत २८ वर्षिय सन्जिता थिङ तामाङको उपचारको क्रममा आज निधन भएको हो ।
सुजीतालाई लामो समयदेखि टाउको सम्वन्धि समस्या रहदै आएको थियो । वारम्वार मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेकोमा पछिल्लो पटक भने क्वालालम्पुरको पुडुमा रहेको तुगसिङ अस्पतालमा उपचार भैरहेकोमा शनिवार विहान निधन भएको हो ।
शवलाई अगष्ट २१ तारिखमा नेपाल पठाउने तयारी भैरहेको छ । सन्जिता को उपचारमा संम्लग्न डाक्टरहरुलाई उदृत गर्दे अस्पतालमा पुगेका नेपालीहरुले जानकारी गराए अनुसार टाउकोमा समस्या देखिएका र पछिल्लोपटक गिदिमा पानी जमेको उल्लेख छ ।
मलेसियामा उनी अवैधानिक अवस्थामा रहेकि थिइन । हालै वैधानिक वन्ने कार्यक्रम अन्तरर्गत वैधानिक वन्ने प्रकृयाको अन्तिम चरणमा रहेको समेत ती नेपालीले राष्टडेलीलाई जानकारी गराए ।

https://amzn.to/4myfPN5

 

प्रतिक्रिया

सम्बन्धित खवर