३० श्रावन २०७८, शनिवार

भरुवा बन्दुकले स्याललाई मार्ने क्रममा वन्दुकवाट निस्किएको छर्राले लाग्दा एक जनाको मृत्यु भएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–६, तल्लो ताल बस्ने ५६ वर्षका कर्णबहादुर लम्तरीले घर नजिकैको बारीमा आएको स्याललाई मार्ने क्रममा एक्कासी भरुवा बन्दुकको छर्राले वारमिै रहेका आफना छोरालाई लाग्दा ३५ वर्षका छोरा धनबहादुर लम्तरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार घटना शुक्रबार साँझ ६ बजेतिर भएको हो । प्रहरीले बुवा कर्णबहादुर र घटनामा प्रयोग भएको बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर