
३० श्रावन २०७८, शनिवार
रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ। एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।
भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए।
एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो।