३० श्रावन २०७८, शनिवार

एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिबेशनमा कोषाध्यक्ष पदमा लोकप्रसाद दाहालले उम्मेदवारी दिने भएका छन्।

https://amzn.to/4myfPN5

उनी एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष तथा पूर्वमहासचिव समेत हुन्।

बेल्जियममा रेष्टुरेन्ट व्यबसाय गर्दै आएका दाहालले नेपालमा परोपकारी कामहरुमा निरन्तरता दिइरहेका छन्।

कोरोना महामारीमा उनले संघभित्र आर्थिक संकलन गर्न र स्वास्थ्य सामग्री वितरणमा सकृय सहयोग गरेका थिए ।पर्वत जिल्लामा पुगेर स्वास्थ्य सम्बन्धी सामग्री समेत वितरण गरेका थिए । उनकै पहलमा ७२ लाख रुपैयाँ भन्दा बढी लगानीमा धादिङमा बद्री विशाल माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको थियो। भूकम्पपछि बिभिन्न जिल्लाहरुमा पुगेर दाहालले उद्धार तथा पीडितहरुलाई सहयोग समेत गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर