३० श्रावन २०७८, शनिवार

नेवा:जागरण  मंच जापानको चौथौं अधिवेशन आउँदो अक्टोवर महिनामा हुने भएको छ ।
अध्यक्ष जनक राज शाक्यका अनुसार र विविध कारणवस मंचको अधिवेशन गर्न नसकिएकोमा आउदो अक्टोवरमा गर्ने निर्णय गरिएको जानकारी गराए ।

बैठकले निवर्तमान उपाध्यक्ष कृष्ण बदन जोशीको संयोककत्वमा पुनर्गठित समितिले मंचका नियमित कार्यको साथै चौथौं रास्ट्रीय अधिवेशनआयोजनार्थ आवस्यक सम्पूर्ण तयारी पनि गर्ने निर्णय गरेको छ ।
यसैगरी समितिको सचिवको जिम्मेवारी निवर्तमान केन्द्रिय सदस्य श्याम तन्डुकारलाई दिइएको छ ।

अधिवेशन आयोजना गर्नको लागि
आवस्यक सल्लाह र सहयोगको लागि एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

अधिवेशन आयोजक समितिको बैठक छिटै बसी आवश्यक तयारीका साथै अन्य योजनाहरुको समेत निर्णय गर्ने शाक्यले जानकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर