३० श्रावन २०७८, शनिवार

स्पेनको औषधी उत्पादक कम्पनी हिप्राले उत्पादन गर्न लागेको स्पेनको पहिलो कोभिड भ्याक्सिन पीएचएच -वान भी ले पहिलो क्लिनिकल ट्रायलका लागि अनुमती पाएको छ ।

स्पेनको सरकारले उक्त भ्याक्सिनको मानिसमा परिक्षणका लागि अनुमती दिएपछि तत्कालै पहिलो चरणमा १८ देखि ३० बर्ष उमेरमा ३० जनामा यसको परिक्षण  गरिने छ । उक्त परिक्षण अहिलेसम्म अन्य भ्याक्सिन नलिएका ब्यक्तिमा गरिने छ ।

कम्पनिले कोरोनाको डेल्टा लगायतका अन्य भेरियन्टको लागि यो खोप थप प्रभावकारी हुने जनाएको छ । स्पेनको गिरोनामा रहेको हिप्रा कम्पनिले २०२२ सम्म ४०० मिलियन भ्याक्सिन उत्पादन गर्ने जनाएको छ भने २०२३ सम्म १ दशमलव २ बिलियन भ्याक्सिन उत्पादन गर्नेछ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले यो कोरोना महामारीसँग लड्न निकै ठुलो कदम भएको बताएका छन् ।

स्पेनमा अहिलेसम्म ६० प्रतिसत नागरिकले पुर्ण रुपमा खोप पाइसकेका छन भने अहिले १२ वर्ष माथिकालाई पनि खोप दिन शुरु गरिएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर